एजेन्सी - दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ।
जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९:३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो।
सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन जना महिलालाई गोली हानेकामा दुई जनाको मृत्यु भएको थियो। पूर्व प्रेमिकाको मृत्यु भएको उक्त गोलीकाण्डमा उनका पाँच वर्षीय छोरा बाँच्न सफल भएका थिए।
मोरोलाई सन् १९९९ मा मृत्युदण्डको सजाय सुनाइएको थियो तर अदालती प्रक्रियाका कारण पुन: मुद्दा लम्बिएको थियो। जर्जिया सर्वोच्च अदालतले सन् १९९९ कै फैसलालाई सदर गरी मृत्युदण्डको सजाय सुनाएको थियो।