काठमाडाैँ - आइपीएल- १२ को ५०औँ खेलमा बुधबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङसको सामना गर्दैछ। समूह चरणका २ खेल अगावै प्ले अफमा पुगेका दिल्ली र चेन्नई शीर्ष स्थानको होडमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्नेछन्। चेन्नईको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे शुरु हुनेछ।
समूह चरणमा यसअघि भएका १२ खेल मध्ये ८ मा जित र ४ खेलमा हार बेहोर्दै १६ अंकका साथ दिल्ली तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट समान १६ अंक जोडेको चेन्नई रनरेटका आधारमा दोस्रो स्थानमा छ।
सन्दीपको सम्भावना
दिल्लीले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ-११ मा समावेश गर्ने उच्च सम्भावना रहेको छ। यसअघि रोयल च्यालेन्जर्स बेङलोरविरुद्ध सन्दीप महंगा साबित भएपनि आज खेल हुने मैदान स्पिनरका लागि अनुकूल भएकाले उनी खेल्ने भारतीय मिडियाहरुले ठोकुवा नै गरेका छन्।
पञ्जाबविरुद्धको खेलमा क्रिस गेलसहित ३ विकेट सन्दीपले धोनीको विकेट लिने इच्छा सार्वजनिक गरेका थिए। आज प्लेइङ-११ मा परेको खण्डमा उनको यो इच्छा पूरा हुनेछ। यद्यपि चोटका कारण पछिल्लो खेलमा मैदान बाहिर रहेका धोनीले आजको खेल खेल्ने कि नखेल्ने भन्ने चासाोको विषय रहनेछ। सन्दीपले अघिल्लो सिजन धोनीसँगको भेटमा तस्वीर खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए।
https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/1726374500741389
अनुमानित दिल्ली क्यापिटल्सको टोली: पृथ्वी शह, शिखर धवन, श्रेयस ऐयर(कप्तान), कोलिन इन्ग्राम, ऋषभ पन्त, क्रिस मोरिस, अक्षर पटेल, किमो पल, सन्दीप लामिछाने, कागिसो रवाडा र अमित मिश्रा / इशान्त शर्मा।