काठमाडौँ - लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन्। इंग्ल्यान्ड डोमेस्टिक फुटबलमा गरेको सर्वश्रेष्ठ प्रदर्शनको आधारमा दिइने प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने अवार्ड जितेका हो।
भिर्गिललाई आइतबार राति यो अवार्ड प्रदान गरिएको हो। आफूसँगै मनोनयमा परेका ५ खेलाडीलाई पछि पार्दै उनले यो अवार्ड हात पारेका हुन्। १४ वर्षअघि चेल्सीका डिफेन्डर जोन टेरीले जितेयता डिफेन्डरले यो अवार्ड जितको पहिलो पटक हो।
त्यस्तै २०१२ मा रोबिन भानपर्सीले जिते यता नेदरल्यान्ड्सबाट कुनै खेलाडीले यो अवार्ड जितेका थिएनन्। म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, बर्नार्डो सिल्भा, राहिम स्ट्रर्लिङ, लिभरपुलका सडियो माने र चेल्सीका फरवार्ड इडेन हाजार्ड पनि मनोनयनमा परेका थिए।
यस्तै वर्षको युवा खेलाडीको अवार्ड म्यानचेस्टर सिटीका राहिम स्ट्रर्लिङले हात पारे।