काठमाडाैँ - एएफसी यू-१९ महिला च्याम्पियनशिप छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
म्यानमारमा जारी प्रतियोगितामा आइतबार नेपाल उज्वेकिस्तानसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको हो।म्यानमारको मण्डलर थिरी स्टेडियममा भएको खेलको पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा थप ३ गोल खायो।
नेपालमाथि हाबी भएको उज्वेकिस्तानका लागि कुर्बोनोभा शानोजा ई गोल तथा राशिदोभा तोजिनिसोखोन र खोजिभा १-१ गोल गरे।
उज्वेकिस्तानसँग पराजित भएसँगै नेपालको अर्को चरण पुग्ने सम्भावनामा पूर्णविराम लागेको छ। लगातार २ खेलमा पराजय भोगेसँगै नेपाल अंक विहीन छ।
अब नेपालले अन्तिम खेलमा मंगलबार म्यानमारको सामना गर्नेछ। यसअघि पहिलो खेलमा नेपालले अष्ट्रेलियाविरुद्ध ११-१ गोलको लज्जास्पद हार बेहोरेको थियो।
पहिलो खेलमा म्यानमारसँग १-० ले पराजित भएको उज्वेकिस्तानको यो पहिलो जित हो। छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छ।