काठमाडौँ - बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ।
शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेविरुद्ध १-० गोलको संघर्षपूर्ण जित निकाल्दै उपाधि चुमेको हो। यससँगै बार्सिलोना २६औँ पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जित्न सफल भएको छ। बार्सिलोनाले तीन खेल अगाडि नै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनकै गोलमा बार्सिलोनाले जित हात मात्रै पारेन लिगको उपाधि पनि उचाल्न सफल भयो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। शुरुआत देखिनै आक्रामक शैलीमा उत्रिकएको बार्सिलोनाका लागि दोस्रो हाफको ६२औँ मिनेटमा कप्तान मेसीले गरेको १ मात्र गोल निर्णायक बन्यो।
बाँकी समयमा पाहुना टोलीले गोल गर्न नसकेपछि बार्सिलोनाका लागि १-० गोलले अग्रता जितका लागि पर्यापर्त बन्यो। जितसँगै बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दै ला लिगाको उपाधि उचालेको हो। जुन अंक दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको भन्दा ९ अंकले बढि हो।