काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने अचानक काठमाडौँ आइपुगेका छन्। प्रतियोगिता नसकि उनी काठमाडौँ आउनु चर्चाको विषय बनेको छ। तर उनी व्यक्तिगत कामका लागि छोटो समय निकालेर बुधबार नेपाल आएका हुन्।
उनी युरोपका लागि भिषा प्रक्रिया मिलाउन नेपाल आएको बताइएको छ। उक्त काम सकिना साथ उनी दिल्ली फर्कने छन्।
सन्दीप आवद्ध दिल्ली क्यापिटल्सको आइतबार हुने अर्को खेलका लागि उनी दिल्ली पुगिसक्ने छन्। जारी सिजनमा सन्दीपले आईपीएलमा ५ खेल खेल्दै ८ विकेट चट्काएका छन्।