काठमाडाैँ - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीकी पाैडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गरेका सबै १२ स्पर्धामा स्वर्ण पदक जितेकी छन्। यसअघि नै १० स्वर्ण जितिसकेकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप २ स्वर्ण जित्दै पदक सूची लम्ब्याएर १२ पुर्याएकी हुन्।
गौरिकाले बुधबार ५० मिटर फ्रि-स्टाइलमा ० मिनेट २७ दशमलव ५९ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितिन्। त्यस्तै १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ७ दशमलव २२ मा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। यसअघि पाँचौँं राष्ट्रिय खेलकुदमा पौडी खेलाडी करिश्मा कार्कीले १२ स्वर्ण पदक जितेकी थिइन्।
२० स्वर्ण १३ रजत र ५ कास्य पदकसहित प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ। आर्मीले कुल ३४ पदकमध्ये २० स्वर्ण आफ्नो पक्षमा पारेको हो।
त्यस्तै नेपाल प्रहरीले ५ स्वर्ण, १३ रजत र ५ स्वर्ण जित्दै दोस्रो स्थानमा रहेको छ। एनआरएनएले ५ स्वर्ण १ रजत र १ कास्य पदक जित्दै तेस्रो स्थान कब्जा गर्यो। त्यस्तै एपीएफले ४ स्वर्ण जितेको छ।