बाँके - विभागीय टोली एपीएफ क्लबले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण जितेको छ। प्रतियोगिताको अन्तिम दिन बुधबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण पदक चुमेको हो।
कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले २० ओभरमा ९ विकेट गुमाएर ७८ रनमा समेटियो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ८ विकेट गुमाएर ११० रनको योगफल तयार गरेको थियो।
पुरुष क्रिकेटमा आर्मीले कास्य पदक जितेको छ। आर्मीले प्रदेश नम्बर-१ लाई ६९ रनले पराजित गरेको हो।