काठमाडौँ – उत्तर कोरियाका नेता किम जोङ–उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका लागि रेल चढेर रुस प्रस्थान गरेका छन्।
त्यसका लागि किम निजी रेल मार्फत रुस प्रस्थान गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । किम र पुटिनबिच पहिलोपटक भेटवार्ता हुन लागेको हो।
दुई नेताबिच बिहीबार तटीय शहर भ्लाडिभोस्तोकमा हुने भेटवार्तामा कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल हुने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
गत फेब्रुअरीमा किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि समेत रेल चढेर हानोइ गएका थिए। (एनेन्सी)