काठमाडौं – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झापाली खेलाडी एस्तर राईले स्वर्ण पदक जितेकी छिन्। दाङमा सोमबार भएको खेलमा कराते खेलाडी एस्तरले ६१ केजी तौल समूहमा स्वर्ण जितेकी छिन्।
एस्तरले फाइनल राउण्डमा सशस्त्र प्रहरीकी मनिषा चौधरीलाई पराजित गरेकी हुन्। कराते प्रशिक्षक ध्रुवविक्रम मल्लले एस्तरले निरन्तरको अभ्यास र आत्मविश्वासले स्वर्ण पदक जित्न सफल भएको प्रतिक्रिया दिएका छन्। साथै मल्लले एल्तरलाई आगामीले दिनमा अझै धेरै मेहनत गर्नु पर्ने जिम्मेवारी थपिएको बताएका छन्।
एस्तर १३औँ सागको छनोट चरणको तयारीमा रहेको छिन्। एशियाली कराते रेफ्री कुमार उप्रेती एवं प्रशिक्षक उप्रेतीले एस्तरको यो सफलताले १३औं साफमा सहज हुने बताएका छन्। प्रदेश नम्बर–१ की अस्मिता राईले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन्। सशस्त्र प्रहरीकी सोनी खालिङलाई पराजित गर्दै राईले स्वर्ण जितेकी हुन्।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकमा कराते समावेश गरिएको छ। त्यसैले पनि नेपाली खेलाडीहरुका लागि चुनौती थपिएको छ।
नेपाली खेलाडीहरुको प्रयासका वावजुद पदकसम्म पुग्न निकै मुश्किल पर्ने गरेको छ। यसबीचमा कराते गर्ल एस्तरतर्फ नेपाली खेलकुद क्षेत्रमा चासो राख्नेहरुको नजर सोझिएको छ।
‘मैले मेहनत गरिररहेकी छु, गुरुको निर्देशन अनुसार प्रयास गर्ने हो, एस्तर भन्छिन्, ‘देशका लागि पदक जित्न म हरेक पाइलामा कोसिस गर्ने छु, यसमा म दृढ छु।’