नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार बिहान भएको महिला-पुरुष हेण्डबलका सेमीफाईनल खेल सम्पन्न भएका छन्। प्रतियोगिताको पुरुषतर्फको खेलमा गण्डकी प्रदेश र विभागीय टिम एपीएफ फाईनलमा प्रवेश गरेका छन्।
यसैगरी महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपीएफले फाइनलसम्मको यात्रा तय गरेका छन्। पुरुष तर्फको पहिलो खेलमा गण्डकी प्रदेश ले प्रदेश ३ लाई ४०-१८ गोल अन्तरले पराजित गर्दै फाईनलमा आफुलाई सुरक्षित गरेको हो। सोही मैदानमा भएको दोस्रो खेलमा विभागीय टिम एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३२-२६ गोलले किनारा लगायो।
तेस्रो स्थानको लागि प्रदेश ३ र आर्मीबीच मंगलबार बिहान र गण्डकी र एपिएफबीचको फाईनल खेल साँझ हुने नेपाल हेण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिए।
महिला हेन्डबल: त्रिभुवन आर्मी र एपिएफ फाइनलमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा सोमबार सेमीफाईनलका खेल सकिएका छन्। बिहान भएको महिला हेन्डबल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपिएफ विजयी हुँदै फाईनलमा प्रवेश गरेका छन्।
पहिलो खेलमा नेपाली सेनाले प्रदेश १ लाई ३८-१७ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै फाईनलमा प्रवेश गर्यो। त्यस्तै बिहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई सशस्त्र प्रहरीको विभागिय टिम एपिएफले गण्डकी प्रदेशलाई २२-४ गोल अन्तरले पाखा लगाउदै फाईनलमा प्रवेश गरेको हो।
हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालका अनुसार, मंगलबार दिउँसो तेस्रो स्थानको लागि गण्डकी प्रदेश र प्रदेश १ भिड्ने छन् भने फाईनल खेलमा आर्मी र एपीएफ भिड्ने छन्। यसैबीच हेण्डबल संघका अध्यक्ष गुरुङ्गले हेण्डबलको फानल खेल हेर्नको लागि सबै खेल प्रेमीलाई नेपालगञ्ज रंगशाला परिशरमा मंगलबार साँझ उपस्थितिको लागि आग्रह गरेका छन्।