नेपालगञ्ज - आठाैँ राष्टिय खेलकुद अन्तगर्त पौडी प्रतियोगिताम गौरिका सिंहले दुई स्वर्ण जितेकी छन्। उनले आर्मीका लागि महिला तर्फ ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितीन् भने ५० मिटर ब्याकस्टोकमा कीर्तीमान सहित स्वर्ण जितिन्।
नेपालगञ्जमा जारी प्रतियोगिताको महिला ८ सय मिटर फ्रिस्टाइल तर्फ गौरिकाले स्वर्ण जित्दा , आर्मीकी उपस्थिती मर्हजनले रजत र समीरा सोभा थापाले कास्यमा चित्त बुझाइन्। महिला तर्फ को ५० मिटर ब्याक स्टोकमा गौरिकाले ३० दशमलब ८५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जित्दा नेपाल पुलिसकी अनुष्का पोख्रेलले रजत र युष्का मर्हजनले कास्य पदक हात पारे।
यता १ सय मिटर ब्रेष्टस्टोकमा दुवाना लामाले स्वर्ण जितीन्। यता पुरुष तर्फको पुरुष तर्फको १०० मिटर ब्रेष्टस्टोकमा एपीएफका सुभम श्रेष्ठ एक मिनेट ८ दशमलब १५ सेकेण्डमा दुरी पुरा गर्दै कीर्तीमान सहित स्वर्ण जिते। उनले आफ्नै एक मिनेट ८ दशमलव ९४ सेकेण्डको किर्तीमान भंग गरेका हुन्।
सोही विधामा नेपाल पुलिसकी साहिद हाम्जा शाह दोस्रो भइन् भने दिवंकर अवाले तेस्रो भए। यता ८ सय मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथान दोर्जे शेर्पाले स्वर्ण जिते भने ५० मिटर एपीएफका तेन्जीङ गुरङले स्वर्ण जिते।