बाँके - आठौँ राष्ट्रिय खेलकुदमा दबदबा जमाएकाे त्रिभुवन आर्मी क्लबले आइतबार सम्पन्न खेलमा प्रदेश ३ लाई ८ विकेटले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।
बाँकेको कोहलपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-३ ले १५ दशमलव १ ओभरमा अलआउट हुँदै ४० रन मात्र जोड्न सक्यो।
प्रदेश-३ का आदिल खान र इशान पाण्डेले १२-१२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन्। प्रदेश-३ लाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ६ तथा कुशल मल्लले ३ विकेट लिए।
प्रदेश-३ ले दिएको ४१ रनको झिनो विजयलक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको १० दशमलव १ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्यो। आर्मीको जितमा हरि बहादुर चौहानले अविजित १७ तथा भीम सार्कीले अविजित १५ रन बनाए।