नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो ४ बजेसम्म भएका खेलमा त्रिभुवन आर्मी क्लब १ सय ३६ वटा पदकसहित शीर्ष स्थानमा रहेकाे छ।
राखेपको मिडिया सेन्टरले दिएको जानकारीअनुसार आर्मीले ६० स्वर्ण, ४१ रजत र ३५ काश्य पदक जितेको छ। प्रतियोगितामा एपीएफले २५ स्वर्ण, २२ रजत र ३१ कास्य गरी ७८, नेपाल पुलिसले २४ स्वर्ण, २३ रजत र २३ कास्य गरी ६० पदक हात पारेको छ। प्रदेश तीनले ६२, सुदुरपश्चिमले २७, गण्डकीले ३९ प्रदेश दुईले १८ पदक हात पारेका छन्।
सेन्टरकाअनुसार प्रदेश पाँचले ४१ प्रदेश एकले ४४, कर्णाली प्रदेशले ५ एनआरएनले ५ वटा पदक जितेका छन्। अहिलेसम्म १ सय ४९ स्वर्ण, १ सय ४८ रजत, २ सय २८ कास्य गरी जम्मा ५ सय २५ वटा विभिन्न पदक खेलाडीले पाएका छन्।