एजेन्सी - श्रीलंकाका गिर्जाघर र होटलहरूमा १ सय ३८ भन्दाबढिको ज्यान जाने गरी भएको विस्फोटनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा तथा राष्ट्रपति राम नाथ कोविन्दले निन्दा गरेका छन्। शनिबार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरी कम्तीमा ६ स्थानमा विस्फोटन भएका थिए।
https://twitter.com/narendramodi/status/1119863044216172544
https://twitter.com/rashtrapatibhvn/status/1119866576885436416
सोही विस्फोटनमा परी ज्यान गुमाउने सँख्या निरन्तर बढ्दो क्रममा रहेको छ। यसैबीचमा भारतीय प्रधानमन्त्री र राष्ट्रप्रतिले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै घटनाको निन्दा गरेका हुन्।
कम्तीमा ९ जना विदेशी नागरिकको मृत्यु
हालसम्म मृत्यु हुनेको सँख्या १ सय ३८ पुगेको छ भने ४ सयभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा कम्तीमा पनि ९ जना विदेशी नागरिक रहेको अस्पतालहरुले बताएका छन्। हालसम्म विस्फोटकाे जिम्मा कुनै पनि समूहले नलिएकाे सीएनएनले जानकारी दिएकाे छ।
प्रहरीको छुट्टी कटाैती
प्रहरीले सर्वसाधारणलाई घरभित्र बस्न आह्वान गरेकाे छ। यसका साथै सम्पूर्ण प्रहरीकाे छुट्टी आईजीपीले कटाैती गरिदिएको सीएनएनले जानकारी दिएकाे छ।
रक्तदानका लागि आह्वान
घटनामा घाइते भएकाहरुको उपचारका लागि रगत आवश्यक हुने भएकाले राष्ट्रिय रगत बैंकले रक्तदानका लागि सर्वसाधारणमा आह्वान गरेको छ।
https://twitter.com/Imtiaz88Zahrah/status/1119855733242306560