काठमाडाैँ - इटालियन ह्याभिवेट युभेन्ट्स इटालियन सिरिया ‘ए’को च्याम्पियन बनेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा फियोरेन्टिनालाई २–१ ले हराउँदै युभेन्ट्सले लिगका पाँच खेल अघि नै लगातार पाँचौँ पटक उपाधि जितेको हो।
लोबो सिल्भाले गरेको १ गोल तथा फियोरेन्टिनाका पेजेल्लाले गरेको आत्मघाती गोल नै युभेन्ट्सको जितको लागि पर्याप्त बन्यो।
फियोरेन्टिनाले खेलको छैटौँ मिनेटमा मिलेन्कोबिचको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा पराजित भएको हो।
युभेन्टसका लागि ३७औँ मिनेटमा लोबोले बराबरी गोल गरेका थिए। त्यस्तै खेलको ५३औँ मिनेटमा फियोरेन्टिनाका पेजेल्लाले आत्मघाती गोल गरे। यो जितसँगै युभेन्टसले प्रतियोगिताका पाँच खेल बाँकी हुँदै ८७ अंक जोड्दै लगातार पाँचौँ पटक च्याम्पियन बनेको छ।
जितपछि क्रिष्टियानो रोनाल्डोले आफू १००० प्रतिशत युभेन्टसमै रहने बताएका छन्। युएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट युभेन्ट्स बाहिरिएपछि रोनाल्डोले क्लब छाड्ने टिप्पणीहरु भएका थिए। रोनाल्डो यसै सिजनको शुरुमा स्पेनिस क्लब रियल मड्रिडबाट १०० मिलियन पाउण्डमा युभेन्ट्स आएका हुन्।