दाङ - सेनाका तामाङ दिदीभाई रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ ईतिहास रच्न सफल भएका छन्।
सेनाका रत्नजित तामाङको एक छत्र राज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन्। आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन्।
दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१/१६, २१/ १४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन्। विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपीएफका दीपेश धामीसँग पराजित भएका हुन्।
२०६९ सालमा काठमाडाैँमा भएको ३६औँ राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी विकास श्रेष्ठलाई पराजित गर्दै नम्बर १ भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन। तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिँदै आएका थिए।
यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सूचित गरिसेका थिए। दिपेशले यस अघि रत्नजित तामाङलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए।
यसैगरि नयाँ ईतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्खशललाई १९/ २१, २१/१४, २४/२२ ले पराजित गर्दै आफूलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भईन्। १४ वर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिईन्।
कक्षा र ४ पढ्दै गर्दा ब्याडमिन्टनको र्याकेट समातेकी उनी कक्षा ९ मा अध्ययनरत छिन्। ब्याडमिन्टनको ईतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिले सम्मकै कान्छि खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए।
दिपेश र रशिला हालै सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनका विजेता समेत रहेका छन्।