नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सुदूरपश्चिम प्रदेशविरुद्ध पुलिस विजयी भएको छ। शनिबार बिहान सम्पन्न खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
पुलिसको जितमा राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी नीरु थापा र निशा सुनुवारले ह्याट्रिक गरे। त्यस्तै थप एक गोल रन्जिता गुरुङले गरिन्।
पुलिसले ३ खेलबाट ९ अंक बटुल्दै एक खेल अगावै सेमिफाइनल यात्रा तय गरेको छ।