काठमाडौँ - थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ। शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारविरुद्ध ७ विकेटको शानदार जित हासिल गर्यो।
थाइल्याण्डको चियाङमाई रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेर म्यानमार ५९ रनमा समेटिएको थियो। सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले ८ ओभर १ बलमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
नेपालका लागि अर्जुन कुमालले अविजित २६ रन तथा सुवास ऐरले ११ रन बनाए। म्यानमारका काउङ क्याले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १३ ओभर २ बलमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो।
म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन्।म्यानमारलाई सस्तैमा समेट्न नेपाली टोलीका कप्तान विशाल बिक्रम केसीले ४ विकेट लिए। जितसंगै समूह ए को नेपालले २ अंक जोडेको छ।
प्रतियोगिताको साविक विजेता नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग खेल्नेछ।