नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेको खजुरामा जारी पुरुष फुटबलमा विभागीय टोली एपीएफ विजयी भएको छ।यसअघिको खेलमा २-० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपीएफले शनिबार गण्डकीसँग ‘कम्ब्याक’ गर्यो।
गण्डकीका टीकाराज गुरुङले २७ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। तर, १ गोलले पछि परेको एपीएफले मध्यान्तरपछि आक्रमक शैलीमा प्रस्तुत भयो।
५७औँ मिनेटमा राजेन्द्र रावलको गोलबाट एपएफ खेलमा फर्किएको एपीएफले ७९औँ मिनेटमा आशिष लामाले गोलबाट नतिजा आफ्नो पक्षमा पार्यो। शुरुआती अग्रता लिएको गण्डकी प्रदेश जोगाउन नसक्दा पराजित हुन पुग्यो।
शनिबार दिउँसो ४ बजे हुने खेलमा लगातार दोस्रो जित निकालेको ५ नम्बर प्रदेशले १ नम्बर प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ। १ नम्बर प्रदेश यसअघिका २ खेलमा जितविहीन छ।