काठमाडौँ, २२ पुस। अमेरिकी रक्षा मन्त्रालयका चिफ अफ स्टाफ केभिन स्विनीले पदबाट राजीनामा दिएका छन्। रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिएको महिना दिनभित्रै रक्षा मन्त्रालय पेन्टागनका स्विनीले राजीनामा दिएका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रहेका अमेरिकी सेना फिर्ता बोलाउने तयारी गरेपछि राजीनामा घोषणा गर्ने स्विनी पेन्टागनका तेस्रो उच्च अधिकारी हुन्।
म्याटिसले गत डिसेम्बरमा रक्षामन्त्रीबाट राजीनामा दिएका थिए। उनले राष्ट्रपति ट्रम्पसँग देखिएको रणनीतिक भिन्नतालाई आफ्नो राजीनामाको कारण बताएका छन्।
यसअघि रक्षा मन्त्रालयकी प्रवक्ता डाना ह्वाइटले पनि राजीनामा दिएकी थिइन्।