पाल्पा – नेकपा विप्लव निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याल पक्राउ छन्।
बिहिबार तानसेन नगरपालिका–८ मदनपोखराबाट पक्राउ परेका बस्यालविरुद्ध शुक्रबार मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए।
मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि रहेको बताइएको छ।