नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगञ्ज रंगशालामा शुक्रबार भएको पुरुष हेन्डबल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन्। शुक्रबारकाे पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३-१५ गोलले पराजित गरी गण्डकी प्रदेश विजयी भएको हो।
प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे। त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच-पाँच गोल गरे । त्यसैगरि, शुक्रबार बिहाननै सम्पन्न अर्को खेलमा नेपाल आर्मी विजयी भएको छ। आर्मीले कर्णाली प्रदेशलाई ४७-१० गोल अन्तरले पराजित गरेको हो।
प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे।
शुक्रबार बेलुका ३ खेल हुँदैछन्। बेलुकी पहिलो खेल प्रदेश ५ का विरुद्ध प्रदेश २, एपिएफ विरुद्ध प्रदेश ३ र प्रदेश ५ विरुद्ध सुदूरपश्चिम प्रदेश वीच खेल हुने राखेपले बताएकाे छ।