दिल्ली - भारतीय कंग्रेसकी प्रवक्ता प्रियङ्का चतुर्वेदीले पार्टी परित्याग गरेकी छन्। केही महिनाअघि प्रियङ्का मथुरा पुग्दा उनले त्यहाँबाट चुनाव लड्ने तयारी गरेको भन्दै केही पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।
चतुर्वेदीले दुई दिनअघि आफूमाथि दुर्व्यवहार गर्ने तीनै उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाएकी थिइन्।
उनले यसबारे पार्टी हाईकमाण्डमा उजुरी गरेपछि ती कार्यकर्ता निलम्बित भएका थिए। तर उत्तर प्रदेशका लागि कंंग्रेसका महासचिव ज्यार्तिआदित्य स्किन्डियाले हस्तक्षेप गरेपछि उनीहरुलाई पुनःस्थापित गरिएको थियो। बुधबार प्रियङ्काले पार्टीका लागि रगत र पसिना बगाउनेभन्दा ‘गुण्डा’हरुले प्राथमिकता पाउन थालेको भन्दै ट्वीट गरेकी थिइन्।
शुक्रबार ट्वीटर ह्याण्डलबाट पार्टी प्रवक्ता हटाउँदै पार्टी परित्याग गरिको हुन्।
https://twitter.com/priyankac19/status/1119130478626271232