एजेन्सी - पाकिस्तानमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही महिला र बालबालिकासमेत रहेको अधिकारीहरूले मंलबार जानकारी दिएका छन्। घटनामा परी अरू ९ जना घाइते भएका छन्।
एउटा ट्रक र यात्रु वाहक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तीव्र गतिमा रहेको ट्रकले भ्यानलाई ठक्कर दिएर दुर्घटना भएको सरकारी अधिकारीहरूको भनाइ छ। दुर्घटनापछि ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा परी १५ जना घाइते भएका थिए।
घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन्।