जेनेभा, २१ पुस – लोकतान्त्रीक गणतन्त्र कङ्गोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन्।
देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको साम्प्रदायीक झडपमा परी उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले शुक्रबार जनाएका छन्।
माइ एनडोम्बे प्रदेश अन्तर्गत पर्ने युम्बीमा कङ्गो—ब्राज्जाभिल्लेका नाममा हिंसात्मक गतिविधिहरु भइरहेको छ।
राष्ट्रसंघको शरणार्थीसम्वन्धी उच्च आयुक्तको कार्यालयका प्रवक्ता अन्द्रेज माहेसिसले युम्बीमा दुई समूदायबीच भएको द्वन्द्व लामो समयदेखि तनाबको विषय बनेको जानकारी दिएका छन्।
पुराना झगडालु बानुनुस र बातेन्डे समूदाय बीचको विवादले अहिले फेरी साम्प्रदायिक झडपको अवस्था सृजना गराएको माहेसिसले बताएका छन्। यी झडपहरुमा परी दर्जनौ मारिएका छन्।