काठमाडौँ - यू-१९ विश्वकप क्रिकेट छनोटमा नेपाल विजयी भएको छ। शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
मलेसियाको क्वालालम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर ब्याटिङ पहिलो इनिङमा ब्याटिङ गरेको नेपाली टोलीले सिगांपुरसामु २ सय ८३ रनको विजयलक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटिएपछि नेपालले शानदार जीत हासिल गरेको हो।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सरार्फले ३ तथा कुशल मल्ल र सुर्य तामाङले समान २-२ विकेट लिए। सिंगापुरविरुद्ध बनाएको २ सय ८३ रन यू-१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक योगफल हो।
१८ रन जोड्दा २ विकेट गुमाएर खराब शुरुआत गरेको नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलको बाटो देखाए।
५ रनले चुकेका कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै पवन ४७ रनमा पवेलियन फर्किए। नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ र भीम सार्कीले २६ रन जोड। सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट चट्काए। त्यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए।
नेपालका पवन सरार्फ प्लेयर अफ द म्याचसमेत घोषित भए।
नेपालले दोस्रो खेलमा शनिबार यूएईको सामना गर्नेछ। नेपालसहित ८ टोली सहभागी यो प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्।