काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा राजस्थानविरुद्ध विरुद्ध चेन्नईले रोमाञ्चक जीत हासिल गर्यो। तर उक्त खेलको अन्तिम क्षणमा भएको विवादका कारण चेन्नईका कप्तान महेन्द्र सिंह धोनीमाथि आईपीएलले कारवाही गरेको छ।
सवाई मान सिंह रंगशालामा सम्पन्न खेलमा धोनीले अम्पायरको विवादास्पद निर्णयप्रति आक्रामक शैलीमा मैदानमा प्रवेश गरी स्पष्टिकरण माग गरेका थिए। क्रिकेट मैदानमा सधै धैर्यवान् कप्तान को रुपमा छवि बनाएका धोनीले दुर्लभ रिस देखाउँदा उनीमाथि कारवाही भएको हो।
धोनीलाई म्याच फिको ५० प्रतिशत रकम जरिवाना गरिएको छ। धोनीले आईपीएलको कोड अफ कण्डक्ट तोडेका कारण उनलाई कारवाही गरिएको बताइएको छ। धोनीले आईपीएल कोड अफ कण्डक्ट २ को अपराध लेभल २.२० अन्तर्गत आफ्नो गल्ति स्वीकार गरेका छन्।
https://twitter.com/jasmeet047/status/1116410176460869632
यसरी भयो विवाद
१५२ रनको विजयी लक्ष्य पच्छ्याएर ब्याटिङ गरिरहेको चेन्नईलाई जीतको लागि अन्तिम ३ बलमा ८ रन आवश्यकता थियो। चौथो बलमा राजस्थानका बलर बेन स्टोक्सले गरेको स्लोअर बल फुल टस भएको थियो। जुन ब्याट्सम्यानको कम्मरभन्दा माथि थियो। ब्याट्सम्यानको सिधा बसेको अम्पायर उल्हास गान्धेले उक्त बललाई नो बलको इशारा गरेका थिए।
त्यो बलमा नो बल दिएको भए त्यस बल पछि चेन्नईलाई ३ बलमा ५ रन जीतको लागि आवश्यक हुने थियो र लगत्तै बलमा फ्री हिट पनि पाउने थियो।
तर लेग अम्पायर अम्पायर अक्सेनफर्डले उक्त बललाई नो बल नभएको र कुनै इशारा नगरेपछि धोनी मैदानमा प्रवेश गरी अम्पारसँग आक्रामक शैलीमा प्रस्तुत भएका थिए।
त्यसपछि अम्पायरले थर्ड अम्पायरलाई निर्णयका लागि पहल नगरी आफैँले नो बल नभएको अन्तिम निर्णय गरेपछि चेन्नईलाई अन्तिम २ बलमा ६ रन आवश्यक थियो। जीतका लागि संघर्षरत चेन्नईका लागि अन्तिम बलमा ३ रन आवश्यक थियो। तर अन्तत: मिचेल स्यान्टनरले अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा चेन्नईको पक्षमा पारेका थिए।