दाङ - दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेबुल टेनिस प्रतियोगिताको वुमन्स् टिम इभेन्ट्समा नेपाल प्रहरी टिम च्याम्पियन बनेको छ।
फाइनलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो। पहिलो सेट ३-२ ले गुमाएको पुलिसले दोस्रो र तेस्रो सेट ३-१ तथा ३-० को स्कोरमा जित्दै स्वर्ण पदक चुमेको हो।
प्रतियोगितामा वुमन्स् टिम इभेन्ट्स, मेन्स् टिम इभेन्ट्स, वुमन डबल, मेन्स् सिंगल, वुमन सिंगल, मिक्स डबल, मेन्स् डबल इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। चैत ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा खेलाडी, अफिसियल गरी १ सय १८ बढी दाङ आएका छन्।