काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अनलाइन गेम ‘पब्जी’माथि प्रतिबन्ध लगाएको छ। अभिभावकहरुले आफ्ना छोराछोरीले अत्यधिक पब्जी खेलेर मानसिक अवस्थाामा प्रत्यक्ष असर पुगेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले बिहीबारबाट पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।
आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।