बाँके - आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत चौथो फेन्सिङ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबारदेखि नेपालगन्जमा शुरु भएको छ।
नेपालगन्ज रंगशाला परिसरको कबर्ड हलमा जारी प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ र प्रदेश १ का २४-२४ जना खेलाडी सहभागी छन्।
प्रदेश ३ बाट १२, गण्डकी प्रदेशबाट १२, सुदूरपश्चिम प्रदेशबाट ६ र नेपाल पुलिस क्लबबाट २ जना खेलाडी मात्र सहभागी भएका छन्। कर्णाली र प्रदेश ५ बाहेकका १३० जना खेलाडी सहभागी छन्। महिला र पुरुष फेन्सिङका खेल जारी छन्।