काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत जारी खेलमा दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल जारी छ। पहिलो इनिङको खेल सकिँदा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन जोडेको छ।
उत्कृष्ट फर्ममा रहेका नेपाली सन्दीपले जारी खेलमा औसत बलिङ गरेका छन्। उनले ४ ओभरमा सर्वाधिक ४६ रन खर्चेर मात्र एक विकेट लिए।
मोइन अलीलाई इनिङको पहिलो शिकार बनाए। १०औँ ओभरमा पहिलो ओभर बलिङ गरेका सन्दीपले १० रन खर्चेका थिए। त्यस्तै १२औँ ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका सन्दीपले ५ रन दिएका थिए।
दिल्लीका लागि सबैभन्दा किफायती बलिङ गरेका कागिसाे रवाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट चट्काए। त्यसतै, अक्षर पटलेलले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए। समान ४ ओभरमा २८ रन खर्चेका क्रिस मोरिसको नाममा २ विकेट रह्यो।
यसअघि भएका पाँचै खेलमा बैंगलोर पराजित भएको छ भने दिल्लीले पाँचमध्ये ३ मा जीत र २ मा हार बेहोरेको छ।