काठमाडौँ - एएफसी कप अन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब ढाका अबहानी लिमिटेडसँग १-० गोलको झिनो अन्तरले पराजित भएको छ।
समूह चरणको आफ्नो मैदानमा भएको पहिलो होम खेलमा मनाङ बंगलादेशी लिग च्याम्पियन ढाकासामु फितलो साबित भयो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा ढाकाका मासिया साईघानीले २७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले हेडरमार्फत बललाई जाली चुमाएका थिए।