काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपीएल)को ३ पटकको विजेता मुम्बई इन्डियन्सका कप्तान रहेका रोहित शर्मामाथि १२ लाख जरिवाना लगाइएको छ। शर्मालाई शनिबार भएको पञ्जाब विरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको आरोपमा आईपीएलले सो जरिवाना लगाएको हो।
जारी १२औँ आईपीएलमा यो ‘स्लो ओभर रेट’ कारण लगाइएको पहिलो जरिवाना हो। खेल सकिएपछि अम्पायरले भने, ‘रोहितको टिमले आचारसंहिताविपरीत काम गरेकाले उनलाई १२ लाख जरिवाना गरिएको हो।’
उक्त खेलमा पञ्जाबसँग मुम्बई ८ विकेटले पराजित भएको थियो। त्यस्तै, आईपीएलको पहिलो संस्करणको विजेता राजस्थान रोयल्सका कप्तान अजिंक्य रहाणेमाथि पनि सोही अनुसारको जरिवाना लगाइएको छ।
चेन्नई विरुद्धको खेलमा शर्माको गल्ति दोहोर्याएका कारण रहाणेलाई समान १२ लाख रुपैयाँ जरिवाना लगाइएको छ। उक्त खेलमा चेन्नई ८ रनले विजयी भएको थियो।