काठमाडौँ - ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा कप्तान लियोनल मेसीको २ गोलकाे मद्दतमा लिगलिडर बार्सिलोनाले इस्पानयोललाई पराजित गरेको छ।
घरेलु मैदान क्याम्प नउमा भएको खेलको प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। पहिलो हाफमा गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्नबाट घरेलु टोली असफल रहेको थियो।
तर, दोस्रो हाफमा पनि पाहुना टोलीमाथि निरन्तर दबाब बनाएको बार्सा इस्पानयोलको रक्षापङ्ति छिचोल्न बार्सिलोना सफल भयो। खेलको ७१औँ मिनेटमा इस्पानयोलका खेलाडीले डी-बक्सबाहिर बार्सिलोनाका खेलाडीमाथि फौल गरेपछि घरेलु टोलीले फ्रिकिक पायो।
उक्त फ्रिकिकको सदुपयोग गर्दै कप्तान मेसीले बललाई जाली चुमाए। त्यसपछि थप गोलका लागि निरन्तर प्रयासरत बार्साले निर्धारित ९० मिनेटको खेल सकिन १ मिनेट बाँकी हुँदा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे।
मेसीले ब्राजिलियन युवा खेलाडी माल्कोमको सहज पासलाई आकर्षक गोलमा परिणत गर्दै सिजनको व्यक्तिगत ३१औँ गोल गरे।
यो जीतसँगै बार्सिलोनाले २९ खेलबाट ६९ अंक बनाएको छ। समान खेलबाट ३४ अंक बटुलेको पराजित इस्पानयोलको लिग तालिकाको १४औँ स्थानमा झरेको छ।