काठमाडौँ – बहुचर्चित क्रिकेट लिग आईपीएल शुरु भइसक्यो। काबिगुल बज चुका है। शनिबार यसको पहिलो खेल पनि भइसक्यो। आज यसका दुई खेल हुँदैछन्। राति ८ बजे मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच भिडन्त हुँदैछ। नेपाली पनि यस खेलका कारण निकै उत्साहित छन्।
नेपाली स्टार स्पिनर सन्दिप लामिछाने सहभागी भएको दिल्लीको यो आईपीएलमा पहिलो खेल हो। बहुप्रतीक्षित यस खेलका बारेमा भारतका पूर्वस्टार क्रिकेटर सुनील गावस्करले महत्त्वपूर्ण धारणा दिएका छन्।
गावस्करले यस खेलका बारेमा लेखेका छन्, ‘आईपीएलभन्दा पहिले रणजी ट्रफी टिमबीच कडा प्रतिद्वन्द्विता देख्न पाइन्थ्यो र यदाकदा दुई छिमेकी राज्यबीच यो धेरै देखिन्थ्यो। त्यसैले पहिलो खेल भारतका दुई स्टार खेलाडी महेन्द्र सिंह धोनी र विराट कोहलीबीच हैन, दुई छिमेकी राज्य तमिलनाडु र चेन्नईबीच थियो, जो आईपीएलको शुरुआत शानदार ढंगले गर्न चाहन्थे।’
उनले अगाडि भने, ‘यस्तो प्रतिद्वन्द्विता मुम्बई र पुणेबीच पनि देख्न पाइन्थ्यो तर पुणेको टिम आईपीएलमा छैन, त्यसैले दिल्ली र मुम्बईबीच भिडन्त शुरू भयो अब दुवै टिम आइतबार भिड्नेछन्। पहिलो खेलपछि अब यी दुई टिम आमने–सामने हुनेछन्।’
गावस्करले भने, ‘थाहा छैन किन, तर क्रिकेट प्रशंसकलाई लाग्छ कि दिल्ली र मुम्बईबीच प्रतिद्वन्द्विता ठीक त्यस्तो नै हो, भारत–पाकिस्तान के बीच जस्तै। तर, दुवै देशबीच कुनै भिडन्त भइरहेको छैन, त्यसैले यसमा आकर्षण पनि कम भएको छ। यसरी नै दिल्ली र मुम्बईबीचको म्याच पनि एक सामान्य म्याचजस्तै भइसकेको छ।’
(एजेन्सीको सहयोगमा)