एजेन्सी - पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ। शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मूल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको थियो।
जम्मु कश्मिरमा उत्पन्न पछिल्लो तनावपछि विग्रिएको सम्वन्धका कारण पाकिस्तानी कार्यक्रममा सहभागी नहुने निर्णय भएको भारतीय अधिकारीहरुले बताएका छन्।
कार्यक्रममा कोही सहभागी नभए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई औपचारिकतामा सीमित रही शुभकामना सन्देश पठाएका छन्।
सन्देशमा उनले राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानी जनता र सरकारप्रति सुवेच्छा व्यक्त गरेका छन्। उनले अहिलेको समय वार्ता र सहकार्यमार्फत यस क्षेत्रको लोकतन्त्र, शान्ति, प्रगति र सम्बृद्धिका लागि काम गर्नुपर्ने बेला भएको उल्लेख गरेका छन्।