काठमाडौँ - क्रिकेट मात्र एक यस्तो खेल हो, जुन खेलमा कतिखेर के हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन। केही समय अगाडिसम्म विश्वका केही मुलुकहरुमा मात्र खेलिने यो खेलको क्रेज अहिले समग्र विश्वभर फैलिँदै गइरहेको छ। नेपालको सन्दर्भमा हेर्ने हो भने पनि छोटो समयमा नेपालले क्रिकेट क्षेत्रमा ठूलो छलाङ मारेको छ।
पूर्वाधार तथा भौतिक संरचना नै नेपालले पाएको एकदिवसीय मान्यतालाई नेपालले क्रिकेट जगतमा पार गरेको कोसेढुङ्गा हामी मान्न सक्छौँ। नेपालमा पछिल्लो समय क्रिकेटप्रति रुचि बढ्नुमा छिमेकी मुलुक भारतको ठूलो हात छ।
विश्व क्रिकेट जगतमा सदैव सशक्त रहने भारतीय टोलीभन्दा पनि भारतमा वार्षिक रुपमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट लिग तथा इन्डियन प्रिमियर लिग (आईपीएल)ले नेपालीको ध्यान आकर्षित गर्ने गरेको छ। त्यसमा पनि गत सिजनबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने पनि दिल्लीबाट प्रतियोगिता खेल्न थालेपछि आईपीएल फलो गर्नेको संख्या नेपालमा झनै बढेको छ।
सोही क्रमलाई निरन्तरता दिँदै यस वर्षको विश्वकै सबैभन्दा ठूलो टी -२० क्रिकेट लिग आईपीएल शनिबार (आज)बाट शुरु हुँदैछ। आज राति ८ बजेबाट शुरु हुने १२औँ संस्करणको पहिलो खेलमा साबिक विजेता चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी भिड्दैछन्। सीएसकेको कप्तानी भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीले गरेका छन् भने आरसीबी भारतीय टोलीका कप्तान विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिँदैछ।
यसअघि भएका चेन्नईले १५ खेल जितेको छ भने ७ खेलमा पराजित भएको छ। चेन्नईले हालसम्म तीन पटक आईपीएलको उपाधि उचालेको छ भने बैंगलोर अहिलेसम्म उपाधिबिहीन छ। आजको खेल चेन्नईको मैदानमा हुने र बैंगलोरका केही विदेशी खेलाडीहरुको अनुपस्थितिले केही दबाब हुनसक्ने देखिएको छ।
यस्तो छ दुवै टोलीको टीम लाइन अप:
चेन्नई सुपर किंग्स: महेन्द्रसिंह धोनी (कप्तान), सुरेश रैना, अंबाती रायडु, शेन वाट्सन, फाफ डु प्लेसिस, मुरली विजय, केदार जाधव, सैम बिलिंग्स, रविन्द्र जडेजा, ध्रुव शौरी, चैतन्य विश्नोई, ऋतुराज गायकवाड, ड्वेन ब्रावो, कर्ण शर्मा, इमरान ताहिर, हरभजन सिंह, मिशेल सेंटनेर, शार्दुल ठाकुर, मोहित शर्मा, केएम आसिफ, डेविड विले, दीपक चहार, एन जगदीशन।
रोयल च्यालेन्जर्स बैंगलोर: विराट कोहली (कप्तान), एबी डिविलियर्स, पार्थिव पटेल, मार्कस स्टोइनिस, शिमरोन हेटमेयर, शिवम दुबे, नाथन कोल्टर नाइल, वाशिँङ्टन सुन्दर, उमेश यादव, युजवेन्द्र चहल, मोहम्मद सिराज, हेनरिच क्लासेन, मोईन अली, काँलिन डी ग्रान्डहोमे, पवन नेगी, टिम साउदी, अक्षदीप नाथ, मिलिन्द कुमार, देवदत्त पी, गुरकीरत सिंह, प्रयास राय बर्मन, कुलवन्त केजरोलिया, नवदीप सैनी, हिम्मत सिंह।