विराटनगर - महिला साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र भारतबीचको खेल शुरु भएको छ। मोरङको शहीद रंगशालामा ३ बजे शुरु भएको खेलका लागि लगभग १ घण्टाअगाडी नै नेपाली टोलीको शुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरिएको थियो।
नेपाल समूह ‘ए’ विजेता बन्दै सेमिफाइनलमा श्रीलंकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइलनमा पुगको हो। त्यस्तै समूह ‘बी’को विजेता बनेको भारतले सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेको थियो।
भारतको लगातार ४ संस्करणको वर्चस्व तोड्दै उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिने नेपाली टोली यस अनुसार रहेको छ। मुख्य प्रशिक्षक हरि खड्काले सेमिफाइनलमा उतारेको टिमलाई नै फाइनलमा निरन्तरता दिएका छन्।
नेपाल र भारतबीचका पछिल्ला दुई खेलमा १ खेलमा नेपालले विजयी तथा १ खेलमा बराबरीको नतिजा निकालेको छ।
फ्रन्ट लाइन : सावित्रा भण्डारी, निरु थापा
मिडफिल्ड : मञ्जली योञ्जन, रेनुका नगरकोटी, दीपा राई, अनिता बस्नेत
डिफेन्स लाइन : पुनम जर्घामगर, हीरा भुजेल, गीता राना, मनमाया लिम्बू
गोलकिपर : एन्जिला तुम्बापो
https://www.youtube.com/watch?v=BcKAsSMpKwc