विराटनगर - विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला फुलबल प्रतियोगिताअन्तर्गत खेलको टिकट मूल्य बढाएपछि दर्शकहरुले शुक्रबार प्रदर्शन गरेका छन्।
विराटनगरमा शुक्रबार हुने साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीच हुने फाइनल खेलको टिकट दर बढाएपछि स्थानीय फुटबल प्रेमी दर्शकहरुले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन्।
विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन्। टिकट काउन्टर ११ बजेदेखि खुल्ला गर्ने भनिए पनि अझै खुल्न सकेको छैन।
यस अघिका सवै खेलको २ सय र ३ सय रुपैयाँमा खेल हेर्दै आएका दर्शकले आज फाइनल खेल हेर्न ५ सय रुपैयाँ खर्चनुपर्ने छ।