काठमाडौँ - एएफसी यू-२३ छनोट च्याम्पियनशिपमा नेपालले शुक्रबार हुने पहिलो खेलमा ओमानको सामना गर्दैछ।
कतारमा मार्च २६ सम्म चल्ने छनोट खेलको समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक कतार, ओमन र अफगानिस्तान छन्।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको एउटै लक्ष्य छनोट हुनु रहेको बताएका छन्।
नेपालले समूहको दोस्रो खेल मार्च २४ मा कतारसँग र अन्तिम खेल मार्च २६ मा अफगानिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टोली सन् २०२० मा थाइल्यान्डमा आयोजना हुने च्याम्पियनशिपका लागि छनोट हुने छ।
राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, अर्पण कार्की, असीम भुसाल, विकास खवास, विमल घर्तीमगर, विश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरव बुढाथोकी छन्।
त्यस्तै हेमन्त थापामगर, कमल श्रेष्ठ, प्रिजन तामाङ, धीरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नीतिन थापा र दीप कार्की छन्। टोलीको सहायक प्रशिक्षकके जिम्मेवारी सुमन श्रेष्ठले सम्हालेका छन्।