काठमाडौँ - महिला साफ च्याम्पियनशिप अन्तर्गत नेपाल र श्रीलंकाबीचको पहिलो सेमिफाइनल खेल शुरु भएको छ।
समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह चरणका खेलमा भुटान र बंगलादेशलाई समान ३–० गोलले पराजित गरको थियो।
प्रतियोगितामा नेपाली टोलीले अहिले सम्म गोल खाएको छैन। विराटनगरको शहीद रंगशालामा बिहान ११ बजे शुरु भएको खेलमा प्रशिक्षक खड्काले बंगलादेशविरुद्व खेलेको प्लेइङसेटलाई नै मैदानमा उतारेका छन्।
नेपाली टोली:
फरवार्ड: सावित्रा भण्डारी, निरु थापा
मिडफिल्ड: मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी, दिपा राई, अनिता बस्नेत
डिफेन्स: हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर, मनमाया लिम्बु
गोलकिपर: एन्जिला तुम्बाप्पे
https://www.youtube.com/watch?v=Rv3zVTuIQg8