काठमाडौँ - भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ।
भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्वीट गरी मनोहरको निधन भएको जानकारी दिएका छन्। उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए। पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन्।
भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बनेका थिए। तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बने।
उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहेका थिए। उनलाई स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ। (रासस)