विराटनगर - साफ महिला च्याम्पियनशिपको समूह ‘ए’ अन्तर्गतको जारी खेलमा नेपाली राष्ट्रिय महिला फूटबल टोलीले बंगलादेशविरुद्ध पहिलो हाफमा ३ गोलको अग्रता लिएको छ।
शहीद रंगशालामा जारी खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको आत्मघाती गोलमा नेपालले शुरुआती अग्रता लिएको थियाे।
त्यस्तै, खेलको २२औँ मिनेट सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन्। पाहुना टोलीमाथि हावी बनेको घरेलु टोलीका लागि मञ्जली कुमारी योञ्जनले तेस्रो गोल गरिन्। उनले सावित्रा भण्डारीको क्रसलाई ट्याप-इन् गर्दै जाली चुमाएकी हुन्।