काठमाडौँ - युरोपा लिगको क्वार्टरफाइनलमा इङ्लिस क्लब चेल्सीले चेक रिपब्लिकको साल्भिया प्रागुइको सामना गर्ने भएको छ। स्विट्जरल्यान्डको नियोनमा शुक्रबार भएको ‘ड्र’ अनुसार चेल्सीले अप्रिल ११ मा चेक रिपब्लिको यात्रा तय गर्ने निश्चित भएको हो।
त्यस्तै अर्को लन्डन क्ल्ब आर्सनलले इटालियन क्लब नेपोलीको सामना गर्ने भएको छ। अन्तिम ४ मा स्थान बनाउनका लागि दुई स्पेनिस क्लब भिलारियल र भ्यालेन्सिया आपसमा भिड्दा जर्मन क्लब फ्रान्कफर्टले पोर्चुगिस बेनिफिकाको सामना गर्नेछ।