फिक्कल - क्यामरुनी दाउफिन्स फूटबल क्लब इलाममा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। ठूलो टुँडिखेलमा बिहीबार भएको खेलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो।
खेलको १४औँ मिनेटमा क्यामरुनका तर्फबाट मेस्सोभ्केले गोल गरेका थिए। खेलको २०औँ मिनेटमा क्यामरुनकै पेट्न्गाले दोस्रो गोल गरेका थिए। पेट्न्गाले नै दोस्रो हाफमा अर्को गोल गरे। एपिएफका तर्फबाट सान्त्वना गोल खेलको ३५औँ मिनेटमा हरि कार्कीले गरेका थिए। ‘म्यान अफ दी म्याच’ क्यामरुनकै पेट्न्गा भए। उनले रु १० हजार र ट्रफी प्राप्त गरे।(रासस)