काठमाडौँ – थाइल्यान्डको चोनबुरीमा आयोजना हुने दोस्रो बुराफा युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा सहभागिता जनाउन जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
यही फागुन २५ गते हुने उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार बिदाइ गरे।
सहभागी हुन जाने खेलाडीमा विनोद बस्नेत, प्रवेश दवाडी, दिनेश राई, प्रज्ज्वल दवाडी, दीपक दुलाल, शैलेन्द्र घिमिरे, सन्तोष पौडेल, अनिल आले, राजेशकुमार तामाङ, उज्ज्वल श्रेष्ठ, निशा श्रेष्ठ, मेलिना गुरुङ मगर र फूलमाया कुमाल रहेका छन्।
टोलीको प्रशिक्षकमा रोशन खान, टिम व्यवस्थापकमा कृष्णप्रसाद सिलवाल तथा अन्तर्राष्ट्रिय निर्णायकमा शोक खड्का र मीन न्यौपाने छन्।