काठमाडौँ–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य नभएको बताएका छन्।
पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विंगर कमाण्डर पाइलट अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिलाउन अभियान सुरु भएको थियो भने उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने आवाज उठिरहेका छन्।
इमरानले भारत पाकिस्तानको युद्धको आशंकालाई टारेर शान्तिको पक्षमा काम गरेकाले खानलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने बताइदै आएको छ। उक्त अभियानमा हालसम्म ३ लाख भन्दा बढीले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
तर, पाकिस्तानी प्रधानमन्त्री इमरानले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउने योग्य छैन। नोबेल शान्ति सम्मानको हकदार त्यो हुनेछ, जसले कश्मिरीहरुको इच्छाअनुसार कश्मिर विवाद समाधान गर्छ र पुरै महाद्वीपमा शान्ति र मानवताको विकासको बाटो तयार पार्छ।’
https://twitter.com/ImranKhanPTI/status/1102438232241987589
(एजेन्सी)