नयाँ दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मार्च १ तारिखदेखि शुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन्। केजरीवालले दिल्लीलाई पूर्ण राज्यको दर्जा दिलाउनका निम्ति १ मार्चबाट अनिश्चितकालिन भोक हड्तालमा बस्ने घोषणा गरेका थिए।
भारत र पाकिस्तानबीचको बढ्दो तनावलाई दृष्टिगत गर्दै केजरीवालले अनशन स्थगित गरेको बताएका छन्। आफूले १ मार्चदेखि गर्ने भनेको भोक हड्ताल अहिले रद्द गरेको नभई स्थगित मात्र गरेको बताउँदै उनले ट्वीटमार्फत यो जानकारी दिएका हुन्।
ट्वीटमार्फत उनले भनेका छन्, ‘भारत र पाकिस्तानबीच उत्पन्न संकटको स्थितिलाई दृष्टिगत गर्दै म आफ्नो उपवास स्थगित गर्दछु। आज हामी सबै यो देशका लागि एक भएर उभिनु पर्ने अवस्थामा पुगेका छौँ।’
https://twitter.com/ArvindKejriwal/status/1100341925629050880