काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० नयाँ बरियतामा नेपालका तीन खेलाडी अटाएका छन्।
आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन्।

बरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन्। ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो बरियता हो। अघिल्लो महीना पारस ४०औँ स्थानमा रहेका थिए। उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका हुन्। अघिल्लो महीना पारस ९०औँ स्थानमा थिए।

यूएईमा हालै सम्पन्न टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले बरियतामा सुधार गरेका हुन्।
अलराउण्डरतर्फ ६० अङ्क पाएका सोमपाल ५०औँ स्थानमा रहेका छन्। यसअघि सोमपाल ५१औँ स्थानमा थिए। त्यस्तै समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र बसन्त ७१औँ स्थानमा छन्।